About Us

Open Nepal is a knowledge hub and a learning space for organisations and people that produce, share and use data for development. By bringing together a community of practice in Nepal around topics such as the Data Revolution, open data, and access to information, Open Nepal forms a platform for people to share their experiences of using and sharing data and information, take collective action and generate solutions to common problems.

Promoting the sharing and use of data for development

Accessible, useable, timely and complete data is core to sustainable development and social progress. Better use of high quality data provides people with a base to make informed decisions on policy, planning and practice; monitor development progress; and support accountability. But too often attempts to deliver sustainable economic, social and environmental results are hindered by the failure to get the right information, in the right format, to the right people, at the right time. An international movement to improve the production, sharing and use of data and information for better decisions is underway. If harnessed in Nepal, this movement – the “Data Revolution for Sustainable Development” – will encompass a profound shift in the effectiveness of development for the poorest people.

Open Nepal exists to improve how data for development is produced, shared and used in Nepal by supporting a community of civil society groups, media, private sector, government and academia to share data lessons, experiences, expertise and ideas. Through this, Open Nepal works to encourage productive collaboration between Nepal’s suppliers, intermediaries and users of data, thereby strengthening progress towards Nepal’s Data Revolution for Sustainable Development.

Open Nepal online:

The online knowledge hub and learning space can be found at www.opennepal.net. It includes:

  • Informative blogs and newsletter – these highlight the value of data use within Nepal’s development efforts, how local stakeholders are improving data sharing and use, and share the latest lessons from around the world. Through the blog, local stakeholders can keep up with the latest data developments in and outside of Nepal.
  • Online calendar of events – this assembles and promotes both local and international events relevant to the Data Revolution agenda.
  • Online library of resources – this signposts to informative resources in and outside Nepal from a central location. This includes training materials, briefings and case studies.
  • Social media – active social media communications are made to stimulate thought and link local conversations to the broader international discourse. Follow Open Nepal on twitter at @Open__Nepal and Facebook at www.facebook.com/opnNepal

Open Nepal offline:

Open Nepal hosts regular events to convene the community of organisations and people working on the Data Revolution agenda. By facilitating the exchange of information, ideas and skills these events aim to support and strengthen the community, encouraging collaboration, collective action and synergies.

For more information please visit www.opennepal.net or contact info@opennepal.net

Development Initiatives provides technical and financial support for Open Nepal's development. 

--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

विकासका उद्देश्यबाट प्रेरित भई तथ्यांक (Data) तयार, आदानप्रदान तथा उपयोग गर्ने संस्था तथा मानिसहरुका लागि ओपन नेपाल (Open Nepal) ज्ञानको केन्द्र र सिकाइको स्थल हो । तथ्यांक क्रान्ति (Data Revolution), खुला तथ्यांक (Open Data) तथा सूचनाका पहुँच आदि विषयमा शिल्प तथा पेशा एक आपसमा साझेदारी गर्ने मानिसहरुको समूह (Community of Practice) लाई एकै ठाउँमा गोलबन्द गराई ओपन नेपाल (Open Nepal) ले तथ्यांक तथा सूचनाको उपयोग र आदानप्रदानको अनुभव साटासाट गर्न, सामूहिक कार्य अघि बढाउन तथा साझा समस्याहरुको समाधान पहिल्याउन एउटा उपयुक्त मञ्च खडा गर्दछ ।     

विकासका लागि तथ्यांकको आदानप्रदान तथा उपयोगलाई प्रोत्साहित गर्ने

पहुँचयोग्य, उपयोगमा ल्याउन सकिने, समसामयिक तथा पूर्ण तथ्यांक दिगो विकास र सामाजिक प्रगतिको एउटा स्तम्भ हो । उच्च गुणस्तरीय तथ्यांकको सही उपयोगले मानिसहरुलाई नीति, योजना तथा व्यवहारका सम्बन्धमा सुसूचित निर्णय गर्न, विकासका प्रगतिको अनुगमन गर्न तथा जवाफदेहीताको संस्कृतिमा टेवा पु¥याउन एउटा आधार प्रदान गर्दछ । तर अक्सर गरेर सही ढाँचामा सही समयमा सही व्यक्तिलाई सही सूचना प्राप्त हुन नसक्दा दिगो आर्थिक, समाजिक तथा वातावरणीय नतिजाहरु प्राप्त गर्ने प्रयासहरुमा अड्चन आउने गरेका छन् । सही तथा उन्नत निर्णय गर्नसक्ने क्षमता विकास गर्नका लागि तथ्यांकको उत्पादन, आदानप्रदान तथा उपयोगमा सुधार ल्याउन हाल एउटा अन्तर्राष्ट्रिय अभियान जारी छ । नेपालमा उपयोग गर्न सकियो भने यस अभियान — “दिगो विकासका लागि तथ्यांक क्रान्ति” (Data Revolution for Sustainable Development) — ले गरिब मानिसहरुकाृ उत्थानका निम्ति विकासको प्रभावकारीतामा एउटा ठूलो छलाङ मार्ने र परिवर्तन ल्याउने पक्का छ ।

नागरिक समाज समूह, आमसञ्चार माध्यम, निजी क्षेत्र तथा शैक्षिक जगत लगायत समुदायलाई तथ्यांक सम्बन्धी ज्ञान, अनुभव, विशेषज्ञता र विचारहरु साटासाट गर्न आवश्यक सहयोग प्रदान गरी विकासको प्रयोजनका लागि नेपालमा तथ्यांक उत्पादन, आदानप्रदान तथा उपयोगमा सुधार ल्याउन ओपन नेपाल (Open Nepal) स्थापना भएको हो र यसैका लागि क्रियाशिल छ । यसरी नेपालको दिगो विकासका लागि तथ्यांक क्रान्तितर्फको प्रगतिलाई मजबुत बनाउन ओपन नेपाल (Open Nepal) ले यस मुलुकका तथ्यांक प्रदायक, विचौलिया तथा प्रयोगकर्ताहरुबीच उत्पादनमूलक सहकार्य कायम गर्न हौसला प्रदान गर्दछ ।

ओपन नेपाल अनलाइन (Open Nepal Online)

www.opennepal.net मा गएर अनलाइन ज्ञानको केन्द्र तथा सिकाइको स्थल भेट्न सकिन्छ । यसमा देहाय बमोजिमका विषयहरु समेटिएका छन्ः

  • सूचनामूलक ब्लग्स तथा सूचनापत्र (Informative Blogs and Newsletter) — यिनीहरुले नेपालको विकासका प्रयासहरुमा तथ्यांक उपयोगको के कस्तो महत्व छ र तथ्यांक आदानप्रदान तथा उपयोगमा सरोकारवालाहरुले कसरी सुधार ल्याइरहेका छन् भन्ने बारेमा प्रकाश पार्नुका साथै विश्वभरि भइरहेका पछिल्ला गतिविधि तथा सिकिएका पाठहरुको खुराक पस्किने काम गर्दछन् । ब्लगमार्फत स्थानीय सरोकारवालाहरुले देशभित्र र बाहिर भए गरेका तथ्यांक सम्बन्धी नयाँ विकासहरुका बारेमा आफूलाई अद्यावधिक राख्न सक्छन् ।
  • कार्यक्रमहरुको अनलाइन पात्रो (Online Calendar of Events) — यसले तथ्यांक क्रान्तिका कार्यसूची (Agenda) सँग सान्दर्भिक विविध स्थानीय तथा अन्तर्राष्ट्रिय गतिविधिहरुलाई एकत्रित गरी तिनिहरुको प्रवद्र्धन गर्दछ ।
  • स्रोत साधनहरुको अनलाइन पुस्तकालय (Online Library of Resources) — यसले केन्द्रीय अवस्थिती (Central Location) बाट नेपालभित्र र बाहिर रहेका सूचनामूलक स्रोत साधनहरुको प्राप्तिका लागि दिशानिर्देश गर्दछ । यस अन्तर्गत तालिम सामग्री, विवरण (Breifing), मामला अध्ययन (Case Study) हरु पर्दछन् ।
  • सामाजिक सञ्चार माध्यम (Social Media) — विचारहरुको प्रष्फुटनका लागि प्रेरित गरी स्थानीय वार्तालाप (Conversation) लाई बृहत्तर अन्तर्राष्ट्रिय संवादसँग आबद्ध गराउन सक्रिय रुपमा सामाजिक सञ्चार माध्यमहरुको प्रयोग गरिन्छ । तपाईंहरुले ओपन नेपाललाई ट्विटरमा @Open_Nepal र फेसबुकमा www.facebook.com/opnNepal मार्फत पछ्याउन सक्नुहुनेछ । 

ओपन नेपाल अफलाइन (Open Nepal Offline)

ओपन नेपालले तथ्यांक क्रान्तिको कार्यसूचीलाई ध्यानमा राखी काम गरिरहेका संघ/संस्था तथा मानिसहरुको समुदायलाई एकै ठाउँमा ल्याएर नियमित रुपमा विभिन्न कार्यक्रम तथा गतिविधिहरुको आयोजना गर्दछ । यी कार्यक्रम तथा गतिविधिहरुले सूचना, विचार तथा सीपहरुको आदानप्रदानका लागि सहज वातावरण तयार गर्दै सहकार्य, सामूहिक कार्य तथा सहक्रिया (Synergy) गर्न प्रोत्साहन गरी समुदायलाई सहयोग गर्ने तथा मजबूत बनाउने लक्ष्य लिएका छन् ।

थप जानकारीका लागि तपाईंहरुले हाम्रो वेबसाइट www.opennepal.net हेर्न वा इमेल ठेगाना info@opennepal.net मा सम्पर्क गर्न सक्नुहुनेछ ।

ओपन नेपालको उत्थान/विकासका लागि डेभलपमेन्ट इनिसियटिभ्स (Development Initiatives)ले प्राविधिक तथा आर्थिक सहायता उपलब्ध गराएको छ ।